ब्रेकिङ न्युज

पुजनको एक्शन,नीता र प्रज्वलको प्रेम (‘सोच’ट्रेलर)

प्रकाशित मिति: August 14, 2019 3:04 pm

काठमाडौँ – एक्शन लभस्टोरी चलचित्र ‘सोच’ को ट्रेलर बुधबार सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको चलचित्रको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् ।

कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन् । ‘सोच’ लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछाने आज पनि छुटेनन् : अझै ५ दिन हिरासतमै

काठमाडौँ – रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......