ब्रेकिङ न्युज

‘गाईजात्रे क्यासब्याक अफर’ : ट्याक्सीमा जति रकम उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा

प्रकाशित मिति: August 14, 2019 3:11 pm

काठमाडौं – ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसर पारेर आफ्ना यात्रुहरुलाई क्यासब्याक अफर ल्याएको छ ।

एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको हो ।

कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो ।

गाईजात्रे अफरअन्तरगत ईजीट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ । जस अन्तरगत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ । चालकहरुका लागि प्रतिकिलोमिटर .२ रुपैयाँको दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछाने आज पनि छुटेनन् : अझै ५ दिन हिरासतमै

काठमाडौँ – रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......