जनकपुर – प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री र बहालबाला मन्त्रीबीच सार्वजनिक बिदाको बिज्ञप्ति जारी गर्न तछाडमछाड देखिएको छ । उनीहरुले रक्षा बन्धनको दिन बिहीबार सार्वजनिक विदाको घोषणा गर्न समेत यस्तै व्यवहार देखाए ।
रक्षा बन्धनका दिन दिइने सार्वजनिक विदाका लागि केही क्षणको अन्तरालमा उनीहरुले विज्ञप्ति जारी गरे । हिन्दु धर्मावलम्बीहरुले मनाउने जनैपूर्णिमा एवम् रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो।
मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले अलग–अलग प्रेस विज्ञप्ति जारी गर्दै रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।