ब्रेकिङ न्युज

वीरगञ्जमा ‘चलचित्र महोत्सव’

प्रकाशित मिति: August 14, 2019 3:34 pm

काठमाडौँ – चलचित्रको प्रवर्द्धन र विस्तारको लागि नेपाल चलचित्र निर्माता संघले प्रदेश नम्बर २ वीरगञ्जमा ‘चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।

आगामी १ असोजदेखि ३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव आयोजना हुन लागेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । चलचित्र क्षेत्रले असोज १ गतेलाई चलचित्र दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसर पारेर महोत्सव आयोजना हुन लागेको हो ।

निर्माता संघ र विकास बोर्डको आयोजना रहने महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजना रहनेछ । तीन दिने उक्त महोत्सवमा मैथली, भोजपुरी, नेपाली भाषाका सिनेमाको प्रदर्शन, स्थानीय सँस्कृति झल्कने झाँकी प्रदर्शनी, सिनेमा सम्बन्धी चर्चा र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति लगायत बिभिन्न कार्यक्रम समेत रहने छ ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछानेलाई भेट्न चितवनमा गायक राम कृष्ण ढकाल

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने......

लुगा सुकाउन भन्दै शालिकरामले ५ मिटरको डोरी किनेको सीसीटीभी फुजेटमा देखियो

काठमाडौँ – गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा......