काठमाडौँ – पछिल्लो केहिदिन अघि बढीरहेको सुनको भाउमा ‘ब्रेक’ लागेको छ।
सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन प्रतितोला रु सात सय घटेर ७० हजार ३ सयमा झरेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।