ब्रेकिङ न्युज

जापानमा शक्तिशाली भूकम्प

प्रकाशित मिति: August 15, 2019 2:33 pm

टोकियो – जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ।

जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ।

स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ। यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ।

जापान भूकम्पको उच्च जोखिममा रहेको छ । सन् २०११ मा जापानमा गएको ९.० म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी १९ हजारको ज्यान गएको थियो। रासस सिन्ह्वा

सम्बन्धित शीर्षकहरु

काभ्रेको रोशी गाउँपालिकामा ३ दिन सार्वजनिक विदा

काठमाडौँ – सरकारले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । काभ्रेको रोशी गाउँपालिकाले सोनाम......

आस्था राउतलाई प्रहरीले जुनसुकै बेला समात्न सक्ने (भिडियो)

काठमाडौँ – गायिका आस्था राउतविरू*द्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले प*क्राउ पूर्जी जारी गरेको छ ।......