ब्रेकिङ न्युज

शालिकराम पुडासैनीले नाम लिएका अस्मिता कार्की पक्राउ, रवि लामिछाने, युवराज कँडेलमाथि निगरानी

प्रकाशित मिति: August 15, 2019 6:29 pm

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी ओखलढुंगाकी युवती ‘रुकु’ भन्ने अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको वसुन्धारास्थित बिपी स्मृति अस्पतालमा नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवनको भरतपुर लगेको हो।

आत्महत्या गर्नुअघि शालिकरामले बोलेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।

कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ। प्रहरीले अनुसन्धान अघि बढिसकेको छ बताउँदै पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्ने बताएको छ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछाने आज पनि छुटेनन् : अझै ५ दिन हिरासतमै

काठमाडौँ – रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......