‘राजा साहेब’मा किशोर खड्काको प्रवेश

प्रकाशित मिति: August 15, 2019 8:58 pm

नायक रमित ढुंगाना स्टारर चलचित्र ‘राजा साहेब’ छायांकनको पूर्व तयारीमा रहेको छ । भदौ पहिलो साताबाट छायांकनमा जाने यस चलचित्रमा नयाँ कलाकारको प्रवेश भएको छ ।

यस चलचित्रको मुख्य भूमिकाको लागि नायक किशोर खड्का इन्ट्रि भएका हुन् । बुधबार मात्रै किशोर र निर्माण पक्षबीच लिखित सम्झौता भइसकेको छ ।

किशोरले यस अघि चलचित्र ‘बाँध मायाले’मा अभिनय गरेका थिए । किशोरको यो दोस्रो चलचित्र हो । आफूले राजा साहेबमा अभिनय गर्न पाएकोमा निकै खुसी भएको किशोरको भनाई छ ।

किराती फिल्मस्’को व्यानरमा बन्ने यस चलचित्रलाई विचल किरातीले निर्देशन गर्नेछन् । चलचित्रमा रमित र किशोरसँगै धिरेन शाक्य, जय किशान बस्नेत, उमेश खड्का, टार्जनको पनि मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट सोनिका केसी र आइशा राईले चलचित्रमा डेब्यु गर्दैछन् ।

शंकर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्माता रहेको चलचित्रमा चन्द्र लामा, रश्मी शाक्य र शान्ता ढकालको लगानी रहने छ ।

सम्बन्धित शीर्षकहरु

रबि लामिछानेलाई विदेश जान अदालतको अनुमति नचाहिने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दुरुत्साहनको आ*रोप लागेका सञ्चारकर्मी रवि लामिछानेले......

मन्त्रीका विदेश भ्रमण बाक्लियो

काठमाडौँ – संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना......