काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आ त्मह*त्या प्रकरणमा पक्राउ परेका पत्रकार रबि लामिछानेकी श्रीमती निकिता पौडेलले शुक्रबार बिहानै आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले लेखेकी छन, ’आरोप लगाउने म रेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस ।
यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु : रबि लामिछाने । ’निकिताले रबिको श्रीमती हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।