६५ हजार घुससहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

प्रकाशित मिति: August 16, 2019 12:39 pm

काठमाडौँ – ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् ।

अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए ।

सम्बन्धित शीर्षकहरु

चितवनको भण्डारामा बस दु र्घट ना, १३ जना घा*इते

भरतपुर – पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला......

चन्द्रागिरीमा बाक्लो हिउँ पर्यो

मंसिर २७, काठमाडौँ – काठमाडौँ उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायत अन्य स्थानमा भने हिउँ परेको छ । जल......