काठमाडौँ – चितवन प्रहरीले आ त्मह त्या प्रकारणमा पक्राउ गरिएको चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई शुक्रबार जिल्ला अदालतमा प्रस्तुत गर्ने भएको छ ।
आ त्मह त्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल यसअघि न्युज ट्वान्टी फोको काठमाडौको पानीपोखरीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी कलंकीबाट पक्राउ गरिनु भएकी रितु कार्की समेतलाई बिहीबार अबेर चितवन पुर्याएको थियो । प्रहरीले साउन २१ मा चितवनमा आ त्मह त्या गरेको अवस्थामा भेटिएको पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेकोको भिडियो लामिछाने, कँडेल र कार्कीको नाम भएको जनाउँदै आएको छ ।
रविका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरिरहेका छन् ।