सालिकराम पुडासैनीको पक्षमा चितवनमा प्लेकार्डसहित जुलुश

प्रकाशित मिति: August 17, 2019 12:24 pm

चितवन – माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा स्वतन्त्र छानविनको माग गर्दै चितवनमा युवाहरुले प्लेकार्डसहित नाराजुलुश निकालेका छन् ।

पुडासैनीले आ*त्मह*त्या अघि बनाएको सु*सा*इड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफुलाई म*र्न बाध्य पारेको बताएपछि अनुसन्धानका लागि पत्रकार लामिछानेसहित अन्य २ जनालाई पक्राउ गरी बिहीबार नै प्रहरीले चितवन ल्याएको छ।

आज शनिबार बिहानैबाट चितवनका स्थानीय कानुनत छानविन गर्नुपर्ने र पुडासैनीलाई न्याय दिलाउनुपर्ने माग गर्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन्।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......