श्रीमती गाउँमा, युवतीसँग ‘लिभिङ टुगेदर’मा बसेका प्रहरी जवान सलको पा*सो लगाएर झु*ण्डि*ए

प्रकाशित मिति: August 18, 2019 12:49 pm

काठमाडौं – महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झु*ण्डि*एर आ*त्मह*त्या गरेका छन् । शंकर युवतीसँग ‘लिभिङ टुगेदर’ मा थिए ।

दार्चुला घर भएका प्रहरी जवान शंकरले नागाजुर्नन नगरपालिका–३ स्वयम्भूस्थित ठूलोभर्याङ नजिकै प्रेमिकाको कोठामा आ*त्मह*त्या गरेका हुन् ।

स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएर आ*त्मह*त्या गरेको जानकारी दिए ।

विवाहित शंकरकी श्रीमती गाउँमै बस्दै आएकी थिइन् । शनिबार साँझ १० बजेतिर रक्सीले मातेर शंकर प्रेमिकाको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । बेला–बेला पनि अफिसबाट छुट्टी हुनेबित्तिकै शंकर प्रेमिकाको कोठामा बस्न जाने गर्थे ।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......