सर्वोच्चको आदेश “शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्नु”

प्रकाशित मिति: August 19, 2019 11:46 am

काठमाडौँ – बहुविवाहको आरोप लागेकी अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो।निर्माता छवी ओझासँग विवाह गरेपछि पहिलो श्रीमती हेमा ओझाले निर्माता ओझा र अभिनेत्री पोखरेलबिरुद्ध बहु–विवाहको मुद्दा दायर गरेकी थिइन् ।

अभिनेत्री पोखरेलले आफूविरुद्ध जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेसँगै सबैभन्दा पहिले उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् । उनले उच्च अदालतमा आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज हुनुपर्ने भन्दै आग्रह गरेकी थिइन् । तर, उच्च अदालतले पनि शिल्पाको सो निवेदनमा गत साउन २४ गते सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीको आदेश रोक्न अस्वीकार गर्यो ।

सम्बन्धित शीर्षकहरु

ठमेलको नाइटक्लबमा युवाहरुसँग नाँचे पूर्व राजा र हिमानी (फोटो फिचर)

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सरप्राइज दिएका छन् । शाह......

मङ्सिर ६ देखि ९ गतेसम्म भारतसँग जोडिएको सीमानाका बन्द हुने

काठमाडौँ – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय......