पूर्वयुवराज पारसले ड्युटीमा रहेका प्रहरीमाथि हात उठाएपछि…

प्रकाशित मिति: August 19, 2019 11:56 am

काठमाडौँ – छोरा र भाञ्जालाई प्रहरीले रोक्न खोजेपछि पूर्वयुवराज पारस शाह एयरपोर्टमा आक्रोशित बनेका छन् ।
आमा र छोराछोरीलाई थाइल्यान्ड जान लागेका बेला विमानस्थलमा विदाईका लागि पुगेका शाहले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुर्व्यवहार गरेको जनाइएको छ ।

थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी पूर्वरानी कोमल शाहलाई विदा गर्न पूर्वयुवराज शाहपनि विमानस्थल पुगेका थिए ।

पूर्वयुवराज शाहले प्रहरीद्वारा आफ्ना छोरा र भाञ्जालाई दुर्व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर......

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं – नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध......