शालिकरामको पोष्टमार्टम रिपोर्ट आयो, रिपोर्टमा अहिलेसम्मको थप नयाँ तथ्य फेला

प्रकाशित मिति: August 19, 2019 4:57 pm

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले तयार पारेर पठाएको रिपोर्ट जिल्ला प्रहरी कार्यालय चितवन पुगेको छ । शालिकरामकी पत्नी सम्झनाले काठमाडौं प्रहरीमार्फत दिएको रवि लामिछानेसहित ३ जनाविरुद्धको किटानी जाहेरी र शिक्षण अस्पतालले पठाएको पोष्टमार्टम रिपोर्ट सँगसँगैजस्तो चितवन पुगेको हो ।

प्रहरीले पोष्टमार्टम रिपोर्ट र अहिलेसम्मको अनुसन्धानबाट थप नयाँ तथ्य फेला परेको जानकारी दिएको छ । यद्यपि रिपोर्टमा के लेखिएको छ भन्ने प्रस्ट बताउन नमिल्ने बताएको छ । ती थप तथ्यहरु भोलि सार्वजनिक हुने अपेक्षा गरिएको छ किनकि तीनै जना अभियुक्तलाई अनुसन्धानको लागि हिरासतमा राख्न जिल्ला अदालत चितवनले दिएको म्याद सोमबार सकिँदैछ र भोलि तीनै जनालाई अदालत पेश गरिँदा यो अवधिमा प्राप्त थप तथ्यहरु समेत अदालतसमक्ष प्रस्तुत गरिनेछ ।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......