अक्षयको ‘मिशन मंगल’ले तोड्यो ‘कबिर सिंह’को रेकर्ड

प्रकाशित मिति: August 20, 2019 11:23 am

काठमाडौँ – अक्षय कुमारको चलचित्र ‘मिशन मंगल’ सय करोडको क्लबमा पुग्ने तरखरमा छ । आइतबारसम्म यो चलचित्रले ९६.५० करोड कमाई गरेको थियो । यस चलचित्रले ‘कबिर सिंह’को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी चलचित्रको उपाधि पनि आफ्नो नाममा पारेको छ ।

बक्सअफिसइन्डिया डट कमका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७.२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७.५० करोड भारुको कमाई गर्यो ।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......