दूधको मूल्य सिजनअनुसार हुने

प्रकाशित मिति: August 20, 2019 11:36 am

काठमाडौँ – दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको हो ।

नेपालमा असोजदेखि फागुनसम्म उत्पादन बढी हुने (फ्स सिजन) र चैतदेखि भदौसम्म कम उत्पादन (लिन) सिजन चल्ने गर्छ । हालको बजार मूल्यप्रतिलिटर ७० रुपैयाँलाई आधार मानेर फ्लस सिजनका लागि ८.२८ प्रतिशत र लिन सिजनका लागि १४.२९ प्रतिशत मूल्य बढाउन दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वको कार्यादलले सिफारिस गरेको हो । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......

महामारीको बेलामा जनताको सेवा गर्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी

काठमाडौँ – विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले......