एनसेल टावरमा आगजनी

प्रकाशित मिति: August 20, 2019 11:48 am

फाइल फोटो
काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......