रवि लामिछाने आज पनि छुटेनन् : अझै ५ दिन हिरासतमै

प्रकाशित मिति: August 20, 2019 5:47 pm

काठमाडौँ – रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनु*सन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनु*सन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।

पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......