नेपाल भारतसँग ५–० गोलले पराजित

प्रकाशित मिति: August 21, 2019 5:12 pm

काठमाडौं – भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको छ ।

भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल खाएको थियो । निकै कमजोर देखिएको नेपालले दोस्रो हाफमा पनि दुई गोल खाएको थियो । भारतको जितमा महेसनले दुई गोल गरे । अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरेका थिए ।

नेपालले समूहको दोस्रो खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ । नेपालले बंगलादेशसँग मंगलबार र अन्तिम खेल बिहिबार भुटानसँग खेल्नेछ ।

नेपाल प्रतियोगिताको साविक विजेता हो । पाँच टोली सहभागि यस प्रतियोगितामा लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......