प्रधानमन्त्री आज सिंगापुर जाँदै, ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने

प्रकाशित मिति: August 22, 2019 12:28 pm

काठमाडौं – सत्तारुढ दल नेकपाले तत्कालीन एमाले र माओवादीबीच एकता भएको १५ महिनापछि प्रचण्डलाई ‘कार्यवहाक’ जिम्मा दिएको छ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको अनुपस्थितिमा प्रचण्डलाई सचिवालय बैठकको अध्यक्षता गर्ने अधिकार दिएको हो। यसअघि ओलीको अनुपस्थितिमा सचिवालय बैठक बस्ने गरेको थिएन।

बामदेव गौतमलाई उपाध्यक्ष, बनाउने, ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउने र झलनाथ खनाललाई तेस्रो वरियातामा राख्ने ओलीको प्रस्तावलाई सहयोग गरेका प्रचण्डलाई ओलीले एकता भएको १५ महिनापछि आफ्नो अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता गर्ने जिम्मा दिएका हुन्।

प्रधानमन्त्री केपी ओली आजै स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदैछन्। बैठकले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिङ्गापुरमा रहँदा चिकित्सकको सुझावअनुसार पुनः जान लागेको बताए। प्रधानमन्त्री ओली ७र१० दिन त्यहाँ रहने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी आजको बैठकमा भएको जानकारी दिए।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......