जापानमा सरोज खनाल, धिरेन शाक्य लगायतलाई समावेशी ईन्करेजमेण्ट अवार्ड

प्रकाशित मिति: August 22, 2019 12:44 pm

टोकियो – जापानमा सम्पन्न समावेशी ईन्करेजमेण्ट अवार्डबाट अभिनेताद्वय सरोज खनाल, धिरेन शाक्य, युवा ब्यवसायी कमान सिं लामा लगायतका ब्यक्तित्वहरु सम्मानित भएका छन् । विश्वको पहिलो समावेशी अवार्डका रुपमा दाबी गरिएको उक्त अवार्डबाट खनाल र लामा सहित विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु बिभुषित भएका छन् । समावेशी ईन्करेजमेण्ट अवार्डबाट सम्मानित हुने अन्य ब्यक्तित्वहरुमा नेपाली नोटका डिजाईनर सुन्दर श्रेष्ठ, जुना श्रेष्ठ, दिपक डोटेल, गनेश राई, लक्ष्मी तामाङ, रेस्लर अस्मिता जुरेलि, अन्जु गौतम, मिङ्स लामा, हर्के हवल्दारका खम्बे, शिव हरि नेपाल, शिव शर्मा, राजेन्द्र गिरि, अस्मिता बस्नेत लगायत छन् । सो कार्यक्रम अगस्ट १९ का दिन जापानको टोकियोमा सम्पन्न भएको थियो । अवार्ड कार्यक्रममा सम्पुर्ण क्षेत्रलाई समावेश गरिएको आयोजकको दाबी छ ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली रहेका थिए भने जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामा,जापानका सफल व्यावसायी केशब अधिकारी, सहआयोजक मातृ सन्देश डट कमका सम्पादक सन्ता कुमार पहाडी, चितवन जापान समाजका अध्यक्ष राजन श्रेष्ठ लगायतका ब्याक्तीत्वहरुको सहभागी रहेको थियो । कार्यक्रम क्लब ४० इन्टरनेस्नल नेपालको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम माझ नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारहरु लगायत विभिन्न संघ संस्थामा आबद्ध विशिष्ट ब्याक्तित्वहरुलाई अवार्ड बितरण गरिएको संस्थाका निर्देशक समिर लामाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम सब्य र भब्य भएको जापान आयोजक संस्थाका संयोजक शान्त कुमार पहारिले बताए । सो अवार्डको आउँँदो संस्करणलाई अझ भब्यता पूर्वक सम्पन्न गर्ने योजना रहेको समेत उनले खुलाशा गरे ।

सम्बन्धित शीर्षकहरु

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......