‘च चहुई’ को गीतमा आर्यन, मिरुना रोमान्टिक मुडमा

प्रकाशित मिति: August 22, 2019 6:52 pm

काठमाडौँ – चलचित्र ‘च चहुई’ को गीत सार्वजनिक भएको छ । मङ्सिर ६ गतेबाट प्रदर्शन हुने चलचित्रको राजधानीमा एक कार्यक्रम गर्दै गीत सार्बजनिक गरिएको हो ।

गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटाले कम्मर मर्काएका छन् । चलचित्रमा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । “सिल्की सिल्की बाल” बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै संगीत गरेका हुन् । गीतमा राजन संगै अमृत गोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेकाहुन् । चलचित्र रम कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत गोले लामाले निर्माण गरेकाहुन् ।

चलचित्रमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च चहुई’ को पटकथा सिजनदा हाल र सन्देश अर्यालले लेखेकाहुन् । चलचित्रका गीतमा राजनराजशिवाकोटी , सुरज शाही ठकुरी र रोशनथापाको संगीत छ । चलचित्रमा निमा लामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

सम्बन्धित शीर्षकहरु

ठमेलको नाइटक्लबमा युवाहरुसँग नाँचे पूर्व राजा र हिमानी (फोटो फिचर)

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सरप्राइज दिएका छन् । शाह......

मङ्सिर ६ देखि ९ गतेसम्म भारतसँग जोडिएको सीमानाका बन्द हुने

काठमाडौँ – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय......