भगवान श्री कृष्णको ८ मन्त्र जसले तपाईको मनोकामना पुरा हुनेछ भने जीवनका समस्याको अन्त्य हुनेछ (पुरा पढ्नुहोस्)

प्रकाशित मिति: August 23, 2019 2:42 pm

काठमाडौँ – आज श्रीकृष्णजन्माअष्टमी अधिराज्यभरी श्री कृष्ण भगवानको पुजा आराधना गरेर हर्षोउल्लासका साथ मनाइँदै छ । भगवान श्रीकृष्णको आराधना कुनै पनि प्रकारले गरेमा त्यो फलदायी हुन्छ । श्रीमदभागवत, गीता, मधुराष्टक र यस्तै कयौं श्लोकको माध्यमबाट श्रीकृष्णको आराधना गर्ने गरिन्छ । भगवान श्रीकृष्णको उपसना केही विशेष श्लोकबाट गर्दा धन, धान्यको बृद्धि हुने, मनोकामना पुरा हुने र जीवनका समस्याको अन्त्य हुने विश्वास रही आएको छ

कृं कृष्णय नमः

यदि तपाईको धन त्यस्तो कुनै ठाउंमा फसेको छ र जहाबाट तपाईको धन निकाल्न करिब करिब असम्भव जस्तै भएको छ भने “कृं कष्णाय नमः” यस मन्त्रलाई जप्नु होस । यो मन्त्रको जप गर्दा रोकिएको धन प्राप्त हुने संभावना बढ्ने गर्दछ । यस मन्त्रको जपबाट घरमा सुख, शान्ति को बास हुनुका साथै कारोबारमा आउने रोकावटको पनि अन्त्य हुन्छ ।

गोकुल नाथाय नमः

घर –परिवारमा सुख, शान्ति र समृद्धिको कामनाका लागि “गोकुल नाथाय नमः ” मन्त्रको जप विशेष फलदायी हुन्छ । यस मन्त्रको जपबाट भगवान श्रीकृष्णको आर्शिवाद भक्तलाई सदैव मिल्ने विश्वास गरिन्छ ।

ऊँ श्रीं नमः श्रीकृष्ण परिपूर्णतमाय स्वाहा

यदि कुनै कार्यमा रोकावट आइरहेको छ र कुनै पनि तरिकाबाट काम सम्पन्न भैरहेको छैन भने श्रीकृष्णको सप्ताक्षर सिद्ध मन्त्र “ऊँ श्री नमः श्रीकृष्ण परिपूर्णतमाय स्वाहा” मन्त्रलाई जप गर्नुपर्दछ । विशिष्ठ मनोकामना को पुर्तिका लागि यस मन्त्रलाई ५ लाख पटक जप गर्नु पर्दछ ।

ऊँ कृष्ण महाकृष्ण सर्वज्ञ त्वँ प्रसीद मे । रमारमण विद्येश विद्यामाशु प्रयच्छ मे ।

आफ्नो कुराबाट अन्य व्यक्तिको मन जित्नको लागि श्रीकृष्ण को ३३ अक्षर सहितको मन्त्र “ऊँ कृष्ण कृष्ण महाकृष्ण सर्वज्ञ महाकृष्ण सर्वज्ञ त्वं प्रसीद। रमारमण विद्येश विद्यामाशु प्रयच्छ मे ।।” को जप गर्नु पर्दछ । व्यक्तित्व मा आर्कषण, वाणीमा मधुरता र मान सम्मानको लागि यो मन्त्रको जप गर्नु पर्दछ । यो मन्त्र गोपनीय तरिकाबाट जप्दा धेरै फाईदा हुन्छ ।

क्ली ग्लौं क्लीं श्यामलांगाय नमः

धनको समस्याबाट मुक्त हुनका लागि “क्ली ग्लौं क्ली श्यामलांगाय नमः” श्रीकृष्णको यस मन्त्रलाई जप्दा शास्त्रमा केही प्रावधान छन् । नियमित रुपबाट १ सय ८ पटक, एक माला यस मन्त्रको जप गर्दा आर्थिक समस्याबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

ऊँ नमो भगवते नन्दपुत्राय आनन्दवपुषे गोपीजनवल्लभाय स्वाहा

सन्तान सम्बन्धको कामनालाई पुरा गर्नका लागि “ऊँ नमो भगवते नन्दपुत्राय आनन्दवपुषे गोपीजनवल्लभाय स्वाहा ” मन्त्रलाई जप गर्नुपर्दछ । यस मन्त्रको जपबाट भक्तलाई सन्तान प्राप्त हुन्छ ।

ऊँ नमो भगवते श्रीगोविन्दाय

विवाह सम्बन्धमा बाधा आएमा निवारणका लागि “ऊँ नमो भगवते श्रीगोविन्दाय” मन्त्रलाई जप गर्नुपर्दछ । प्रेम विवाह गर्न इच्छुक व्यक्तिलाई पनि यस मन्त्रको जप गर्दा सफलता मिल्छ । यस मन्त्रलाई नियमित रुपबाट १०८ पटक जप गर्नु पर्दछ ।

ऊँ हुँ ऐं नमः कृष्णाय

कारोबारमा आएको समस्याबाट मुक्त हुनका लागि भगवान श्रीकृष्णको “ऊँ हुँ ऐं नमः श्रीकृष्णाय” मन्त्रको जप गर्नु पर्दछ । यसबाट व्यापारमा समृद्धिका लागि कारोबार गर्ने स्थानमा भगवान श्रीकृष्णको प्रतिमा स्थापना गरी यस मन्त्रलाई जप गर्नुपर्दछ ।

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......