आशिरमानको नयाँ फिल्म कुन ?

प्रकाशित मिति: August 29, 2019 10:07 pm

चलचित्र ‘ग्याङ्गस्टार ब्लुज’बाट डेब्यु गरेका नायक हुन्, आशिरमान देशराज जोशी । आशिरमान अभिनित पहिलो चलचित्रले बक्स अफिसमा खासै कमाल गर्न सकेन । उक्त चलचित्र असफलतासँगै आशिरमानलाई पहिलो गासमा नै ढुंगा पर्‍यो ।

यस चलचित्रपश्चात आशिरमानलाई चलचित्रको अफर भने धेरै आए । तर, आशिरमानले सबै नकारे । पछि ‘ग्याङ्गस्टार ब्लुज’ निर्देशक हेमराज विसीकै निर्देशनमा ‘द ब्रेकअप’मा काम गरे । गत फागुनमा रिलिज भएको उक्त चलचित्रले पनि आशिरमानलाई सफलता दिएन ।

डेब्यु चलचित्रपश्चात आशिरमानलाई सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको थियो । आशिरमानको फ्यान फलोइङ पनि राम्रै थियो । तर, बिडम्बना उनको फ्यान फलोअर्स हलसम्म पुगिदिएनन् । उनको दुबै चलचित्र अफसल भए ।

लगतार दुबै चलचित्रबाट सफलता नपाएपछि अहिले आशिरमानले विश्राम लिएका छन् । उनले अहिले कुनै पनि चलचित्रमा काम गर्ने तयारी गरिरहेका छैनन् ।

यो भन्दै गर्दा आशिरमान माथि प्रश्न पनि उठिरहेको छ, ‘के आशिरमानले आफ्नै लागि ब्रेक लिएका हुन् त ? कि चलचित्र पाइरहेका छैनन् ?

तर, आशिरमान आफूलाई चलचित्रबाट अफर आइरहेको बताउँछन् । आशिरमान तत्काल चलचित्रमा काम गर्ने मनस्थितीमा नभएको दावी गर्छन् । उनी केही समय ब्रेक लिएर राम्रो काम गर्ने बताउँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......