ब्रेकिङ न्युज

पूर्वराजदूत झाको ह*त्या आफ्नै कामदारबाट

प्रकाशित मिति: September 4, 2019 1:44 pm

काठमाडौँ – प्रहरीले पूर्वराजदूत केशवराज झाको ह*त्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै ह*त्यारा भएको निष्कर्ष निकालेको छ ।

उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ । फ्रान्सका लागि पूर्व राजदूत झाको ह*त्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए ।

ह*त्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

काठमाडौँ – नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र......

तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या

काठमाडौँ – हेटौंडाकी तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५......