उमेर अनुसारको लुक्सबाट खुसी छिन् करिश्मा

प्रकाशित मिति: September 4, 2019 6:00 pm

करिश्मा मानन्धर निकै सुन्दरी नायिकामा पर्छिन् । उनको उमेरले ५ दशक पार गरिसकेको छ । तर, पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । उनी सदाबाहार सुन्दरी छिन् ।

करिश्माले एक अन्तरवार्तामा आफ्नो सुन्दरताको बारेका कुरा गरेकी छिन् । उनलाई आफ्नो शरीरको कुन अंग परिवर्तन गर्न चाहानुहुन्छ भन्ने प्रश्न गरिएको थियो । त्यहाँ उनले उत्तर फर्काएकी छिन्, ‘म मेरो सुन्दरतामा खुसी छु । यो उमेरमा पनि यत्तिको सुन्दर हुनु मेरो उपलब्धी नै हो ।’

उनलाई आफ्नो कम्मरसँग भने चित्त बुझेको छैन् । उनी आफ्नो कम्मर घटाउन चाहान्छिन् । उनले थपिन्, ‘मेरो कम्मर अहिले २९ पुगेको छ । यसलाई घटाएर २४ वा २५ मा छार्न मन छ ।’

नायिका करिश्मा मानन्धर अहिले चलचित्रबाट भन्दा पनि राजनैतीक क्रियाकलापबाट चर्चामा छिन् । हालै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टी छेडेर चर्चामा आएकी थिइन् ।

अर्को कुरा, करिश्माले यसै वर्षमात्र एसइइ पास गरेर ११ कक्षा जोइन गरेकी छिन् । उनले सरकारी  कलेजमा ११ कक्षा पढिरहेकी छिन् ।

सम्बन्धित शीर्षकहरु

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी......

माला लगाएर कारागारबाट छुटे महरा

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका......