बैंकहरुले नै गर्दैनन् साइबर सेक्युरिटी बीमा

प्रकाशित मिति: September 6, 2019 11:15 am

काठमाडौँ – नेपालमा साइबर जोखिमसम्बन्धी बीमाको सुविधा भएपनि एउटै पनि बैंकले यस्तो बीमा गराएका छैनन् ।
नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ, तर अहिलेसम्म कुनै पनि बैंकले यस्तो बीमा गराएका छैनन् । यस्तो बीमा गर्नुपर्ने बाध्यकारी नीति पनि छैन ।

बैंकहरुले साइबर रिस्क प्रोटेक्टरको महत्व नबुझेका कारण पनि यस्तो बीमा नगराइएको इन्स्योरेन्स कम्पनीले बताएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपालको बैंकिङ बजारमा अझै पनि यस्तो बीमा प्रचलनमा आएको छैन । यो समाचार आर्थिक अभियानमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......