राष्ट्र बैंकको पाँच अर्बको नक्कली चेक

प्रकाशित मिति: September 6, 2019 11:44 am

काठमाडौँ – हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ ।

दुईजना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो ।

पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार सार्वजनिक गरेको छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ......

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......