भालेविरुद्ध मु*द्दा हाल्ने नै कार*बाहीमा

प्रकाशित मिति: September 7, 2019 12:01 pm

काठमाडौँ – एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मु*द्दा दायर गर्ने उल्टो कार*बाहीमा परेकी छिन् ।
फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मु*द्दा दायर गरेकी थिइन् ।

त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् । मु*द्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मु*द्दा दायर गरेकी थिइन् ।

दुवै तर्फको बयान, प्रहरीको अनुसन्धान, मरिनीले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरुको अध्ययनपछि अदालतले बिहीबार उजुरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी......

माला लगाएर कारागारबाट छुटे महरा

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका......