दशैअघि यातायात भाडा नबढ्ने

प्रकाशित मिति: September 8, 2019 11:14 am

काठमाडौँ – आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ ।
सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो ।

‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।’ कारोबार दैनिकमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी......

माला लगाएर कारागारबाट छुटे महरा

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका......