पूजा शर्माको ‘पोइ पर्‍यो काले’

प्रकाशित मिति: September 8, 2019 1:03 pm

काठमाडौँ – चलचित्र ‘पोइ पर्‍यो काले’को टाइटल गीत ‘पोइ पर्‍यो काले’ सार्वजनिक भएको छ । चलचित्र टिमले आईतबार राजधानीमा एक कार्यक्रम गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । सार्बजनिक गीतमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ,पूजा शर्मा, सुरक्षा पन्त र सोहित मानन्धर फिचर्ड छन् । रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा निर्पेस उप्रेतिको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

कात्तिक ८ गते बाट प्रर्दशनमा आउने चलचित्रमा शिशिर राणाको कथा तथा निर्देशन रहेको छ भने सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य अभिनय रहेको छ । यसबाहेक चलचित्रमा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं कलाकारको अभिनय रहेको छ ।

सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्। दीपक मनाङे (राजीव गुरुङ), अ. देवी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ र देव तामाङलगायतको निर्माणमा बनेको चलचित्रमा सुवास भुसाल र पुरुषोत्तम लामिछानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य निर्देशन र तारा थापा किम्भेको सम्पादन छ।

सम्बन्धित शीर्षकहरु

महामारीको बेलामा जनताको सेवा गर्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी

काठमाडौँ – विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले......

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......