दशैको टीकाको साइत सार्वजनिक

प्रकाशित मिति: September 8, 2019 3:51 pm

काठमाडौँ – नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको वडादशैको टीकाको साइत तोकेको गरेको छ । समितिले टीकाको साइत असोज २१ गते विहान १०ः३५ बजे निर्धारण गरेको हो ।

समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ः४५ बजे निर्धारण गरिएको जानकारी दिए । असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ । घटस्थापनाको साइत १२ गते बिहान १०ः३५ बजे निर्धारण गरिएको छ । १३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत बिहान १०ः२५ बजे तोकिएको छ । समितीले पश्चिम मोहडा गरेर झण्डा फेर्न भनेको छ ।

१६ गते बिहिबार पचली भैरवको यात्रा र १८ गते शनिबार फुलपातीको समय बिहान ८ः५२ बजे तय गरिएको छ । सोहि दिन तलेजु भवानीको यात्रा पनि सुरु हुने छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......