जिग्री पाँडे टिमले नयाँ टेलिसिरीयल बनाउँदै

प्रकाशित मिति: September 8, 2019 5:43 pm

काठमाडौँ – भद्रगोल टिमले नयाँ टेलिसिरीयल बनाउने घोषणा गरेका छन् । बिगत केहि बर्षदेखि मिडिया हवद्वारा प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोलबाट बाहिरीएको टोलीले नयाँ टेलिसिरीयल बनाउने घोषणा गरेका हुन् । भद्रगोल टिम र मिडिया हवबिच कुरा नमिल्दा गत साउनदेखि सिरियल रोकिएको थियो।

भद्रगोल टिमले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै नयाँ टेलिसिरीयल बनाउने घोषणा गरेका हुन् । उनीहरुले भनेका छन् “हजुरहरुले हामी प्रती देखाउनु भएको माया , सद्भाव र सहानुभुती प्रती कृतज्ञ छौ, हामी आउँदै छौ , केहि हप्ता प्रतिक्षा गर्नु होला ।”

असोज २ गतेबाट प्रशारण हुने उक्त टेलिसिरीयलको नाम भने उनीहरुले खुलाएका छैनन् । नेपाल टेलिभिजन र युट्युवबाट प्रशारण हुने उक्त टेलिसिरीयलमा पुरानो भद्रगोल टिम लगाएत नयाँ कलाकारई पनि देख्न पाइने भएको छ ।

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......