‘लभ डायरिज’को प्रदर्शन मिति सर्यो

प्रकाशित मिति: September 8, 2019 6:30 pm

काठमाडौँ – चलचित्र ‘लभ डायरिज’ले नयाँ प्रदर्शन मिति सार्बजनिक गरेको छ । असोज ३ रिलिज डेट पोस्टपोण्ड गरेको चलचित्र ‘लभ डायरिज’अब छठ पर्व लक्षित गर्दै कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ। सौरभ चौधरी निर्देशित चलचित्रको एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ।

प्रेमकथानक चलचित्रमा सुशीलसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन्। सार्बजनिक रोमान्टिक गीतमा यी दुईको केमेस्ट्री सुहाएको छ। चलचित्रमा सुशील र रुबिन संगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि मुख्य अभिनय छ।

मधु बास्तोलाको कथारपटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन्। विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह(निर्माण छ । सञ्जय लामाले छायांकन गरेको चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ।

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......