आमाको यादमा नाजिरको कविता : ‘खै मेरो जुङ्गा त आको छैन’

प्रकाशित मिति: September 9, 2019 1:01 pm

काठमाडौँ – जन्मदिनको अबसरमा नायक नाजिर हुसेनले आमालाई सम्झेर कबिता लेखेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आमाको सम्झनामा कविता पोष्टाएका हुन् । स्वास्थ्य अस्वस्थाका कारण उनकी आमाको केहि बर्ष अगाडि निधन भएको थियो । रंगमञ्च हुँदै चलचित्रको पर्दामा छाएका नाजिर हाल नयाँ चलचित्र र म्युजिक भिडियो छायाँकनमा व्यस्त छन्।
उनले आमाको सम्झनामा लेखेको कविता यस्तो छ

आमा
आज म जन्मेको दिन
तपाइ खुशी, भएको दिन
मेरो जन्मदिनको लागी
तपाईले सिक्का थुपार्न सपना देखे जस्तै
म सपना र मायाहरु थुपार्न सिक्दै छु
आज पनि तपाईले मेरो हरेक जन्म दिनमा मेरो अञ्जुली भरि राखी दिनु भएको
सिक्काहरु
मेरो अनिधो आखाँहरु
सिक्काको बास्ना
अनि तपाइको हत्केलाहरु सम्झन्छु
म न हाँसुन्जेल सम्म मेरो गाला सुमसुम्याउने, हत्केला
अनि तपाइको आवाज…

कान्छा अब तँ त बुढो भइस
अँ… होइन, खै मेरो जुङ्गा त आको छैन
मेरो उत्तरले खित्का छोडेर हाँस्ने तपाइको मुहार अनि हाँसोले चाउरिएका तपाइको गाला र आँखाको भागहरु म खुब याद गर्छु
अहिले मलाइ मेरो जन्मदिनमा शुभकामना दिने धेरै मायालु मनहरु छन र पनि म तपाईलाई सम्झन्छु
तपाईलाई थाहा छ म खुशी छु
मलाई लाग्छ सायद तपाई पनि खुशी हुनुहुन्छ होला
खुदा हाफिज आमा
मलाई जन्मदिनको शुभकामना दिनु हुने सबैलाई हार्दिक नमन

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......