भाइरल ज्वरोले किशोरी ज्यान गयो

प्रकाशित मिति: September 9, 2019 5:28 pm

जाजरकोट – जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृ*त्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको आज मृ*त्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् ।

सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज ‘रिफर’ गरेको थियो । उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मृ*त्यु भएको आफन्त गणेश विकले बताए । आशा खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनका बाबुआमा मजदुरीका लागि पाँच वर्षदेखि भारतको हिमाञ्चलमा बस्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी......

माला लगाएर कारागारबाट छुटे महरा

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका......