पाथिभरा माईले सबैको रक्षा गरुन् : आज भदौ २४ गते मंगलबारको राशिफल हेर्नुहोस्

प्रकाशित मिति: September 10, 2019 7:10 am

वि.सं. २०७६ भदौ २४। मंगलबार। इ.स. २०१९ सेप्टेम्बर १०। भाद्र शुक्लपक्ष। द्वादशी, २७ः०८ उप्रान्त त्रयोदशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कर्मस्थानमा प्रेरक तत्त्व बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला। योजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

चुनौती अँगाल्नुपरे पनि प्रतिस्पर्धाले भविष्यको बाटो देखाउनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि, बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कर्मयोगबाट मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्गे धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ।

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......