‘तिम्रो शहर’मा अनुप बिक्रम र आँचल शर्मा

प्रकाशित मिति: September 10, 2019 6:38 pm

काठमाडौँ – नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्मा अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘तिम्रो शहर’ बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ ।

चलचित्र निर्देशक बसन्त निरौला निर्देशित यस गीतको भिडियोमा नायिका शर्मा नायक शाहिलाई भेट्न उनको शहर आएकी छन् । आँचलले धेरै कोशिस गरेपछि मात्र अनुपले उनको प्रेम स्विकारेका छन् । गीतमा आँचलले आकर्षक नृत्य समेत गरेकी छन् ।

भिडियोमा पबित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको यस भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । आकर्षक स्थलहरुमा छायांकन गरिएको यस गीतले इन्टरनेटमा रिलीज भएसँगै तारिफ पाईरहेको छ ।

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......