नेपालीसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

प्रकाशित मिति: September 11, 2019 11:03 am

काठमाडौँ – नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ ।

विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो ।

विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ ।

समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......