स्वस्तिमालाई अवार्डको दवाव

प्रकाशित मिति: September 11, 2019 6:45 pm

नायिका स्वस्तिमा खड्काले गत वर्ष रिलिज भएको चलचित्र बुलबुलबाट निकै ठुलो सफलता हासिल गरिन । नेपालमा राष्ट्रिय अवार्ड पाएकी स्वस्तिमाले विदेशमा भएको सार्क फिल्म फेस्टिवलमा पनि उत्कृष्ट प्रस्तुती दिएको भन्दै अवार्ड हात परिन् । तर, अहिले स्वस्तिमालाई त्यहीँ अवार्ड भारी भएको छ ।

बुलबुल पश्चात् स्वस्तिमाको हजार जुनीसम्म रिलिज भयो । यस चलचित्रमा स्वस्तिमाको काम खासै उत्कृष्ट थिएन । चलचित्रको विषयबस्तु पनि कमजोर थियो । व्यापारिक रुपमा पनि चलचित्र असफल भयो । यसै चलचित्रबाट स्वस्तिमाको अवार्डमाथि प्रश्न उठ्न थालिसकेको थियो ।

अहिले स्वस्तिमा नयाँ चलचित्रमा काम गर्देछिन् । उनले चलचित्र चपली हाइटको तेस्रो सिरिजमा काम गर्दैछिन् । चपली हाइट भन्ने बित्तिकै दर्शकको दिमागमा केही फोहोरी चलचित्र भन्ने पर्छ । सोही चलचित्रमा अवार्ड विजेता स्वस्तिमाले काम गर्दा प्रश्न नउठ्ने कुरै भएन ।

चलचित्रको घोषणा कार्यक्रममा नै स्वस्तिमालाई अवार्ड र चपली हाइटको विषयमा प्रश्न गरियो । उनले अवार्डको दवाव लिएर काम नगर्ने बताइन् । उनले भनिन्, ‘मलाई चलचित्रको विषयबस्तु मन पर्‍यो भने काम गर्छु । अवार्ड पाएको भनेर बस्दिन ।’

स्वस्तिमाले निरन्तर रुपमा अवार्ड पाएको कुरा प्रश्न बनिरहेको छ । यसो हेर्दा स्वस्तिमालाई यो अवार्ड निकै भारी बनेको बुझिन्छ । अन्य अभिनेत्रीले भन्दा स्वतिमाबाट राम्रो कामको अपेक्षा भएका कारण पनि स्वस्तिमालाई यो पश्न उठेको हुन सक्छ । त्यसैले चलचित्रको छनोटमा स्वस्तिमा केही सजग हुन जरुरी छ ।

सम्बन्धित शीर्षकहरु

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को......

जिब्रो छेड्ने जात्रा यो वर्ष यसकारण रोकियो

काठमाडौँ – थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको......