“प्रेम संसार”को पहिलो गीत “सुनैना सुनैना”

प्रकाशित मिति: September 12, 2019 1:26 pm

काठमाडौँ – मंसिर १३ गते बाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र “प्रेम संसार”को पहिलो गीत सार्बजनिक गरिएको छ ।
बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गीत सार्बनिक गरिएको हो । “सुनैना सुनैना” बोलको सार्बजनिक गीतमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ ।

सार्बजनिक गीतमा कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ । गीतको कोरियोग्राफर राम गौतमले गरेका हुन् ।

चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको यस चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार (गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । चलचित्र लाई उपत्यका बाहिर एफ.डि कम्पनि र उपत्यका भित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को......

जिब्रो छेड्ने जात्रा यो वर्ष यसकारण रोकियो

काठमाडौँ – थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको......