ब्रेकिङ न्युज

विद्यार्थीसँग १२ लाख रकम असुली गरेको भन्दै चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्प

प्रकाशित मिति: September 14, 2019 10:26 am

काठमाडौँ – सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख बढी रकम असुली गरेको पाइएको छ ।

ठगीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प छ । अस्पतालका दैनिक सेवा भने सञ्चालनमा छन् ।

शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशन दिएको थियो ।

चितवन मेडिकल कलेजले भने बढी शुल्क असुल्न नछाडेको विद्यार्थीको गुनासो छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

काठमाडौँ – नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र......

तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या

काठमाडौँ – हेटौंडाकी तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५......