गज्जब छ लिभिङ टुगेदरमा रहेका सौगात र सृष्टिको प्रेम

प्रकाशित मिति: September 15, 2019 10:23 pm

नायक सौगात मल्ल र मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ एक-अर्काको प्रेममा खुबै रमाइरहेका छन् । उनीहरु प्रेममा रहेको ४ वर्ष हुन लागिसकेको छ । सृष्टि र सौगात एक-अर्कालाई खुबै माया गर्छन् । त्यो त उनीहरुको व्यावहारबाट पनि थाहा हुन्छ । मिडियामा पनि उनीहरुको प्रेम लुकेको छैन् ।

उनीहरुको रमाइलो भान्सामा हुन्छ । उनीहरुको भान्सामा निकै रौनकता छाउँछ । सृष्टि मिठो खाना बनाउँछिन् । सृष्टिले पकाएको खाना सौगातलाई मिठो लाग्छ ।  सौगातलाई भाडा माझ्न निकै रमाइलो लाग्छ । त्यसैले होला, खाना खाइसकेपछि सौगात जुठो भाडा समातेर माझ्न तिर लाग्छन् ।

हेर्दा दुबै शान्त स्वभावका छन् । नजिकबाट नचिन्नेहरुले उनीहरुको रोमान्टिक पक्षलाई कल्पना पनि गर्न सक्दैनन् । तर, सौगात-सृष्टिको भनाईमा उनीहरु निकै रोमान्टिक पनि छन् ।

उनीहरुले एक-अर्कालाई ‘आइ लभ यु’ भनेर माया प्रकट गर्ने चलन छैन् । उनीहरु फरक तरिकाले आफ्नो माया प्रकट गर्ने गर्छन् रे । सौगातले भने, ‘हामी एक-अर्कालाई आइ लभ यु भन्दैनौँ । हामीले माया व्यक्त गर्ने तरिका फरक छ । जुन कुरालाई कसैले कल्पना पनि गरेको हुन्न । चलचित्रमा पनि त्यो देख्न पाउनु हुन्न ।’

कलाकार मान्छे । सधै घरमा भइन्छ भन्ने पनि हुन्न । एक-अर्कासँग छुटिएर पनि बस्नु पर्ने बाध्यता उनीहरुमा हुन्छ । तर, फोनले उनीहरुलाई नजिक बनाइदिन्छ । टाढा भएको महशुस नगर्न उनीहरु फोनमा कुरा गरिरहेका हुन्छन् । सृष्टिले भनिन्, ‘उहाँले पनि फोन गर्नुहुन्छ । म पनि गरिरहेको हुन्छु ।’

उनीहरु एक-अर्कालाई निकै ‘केअर’ गर्छन् । एक-अर्काको लुगा मिलाइदिने देखि जुत्ता पोलिस गर्नेसम्म एक-अर्कालाई सहयोग गर्ने गर्छन् । सृष्टिले भनिन्, ‘सायद यहीँ हो माया ।’

अहिले सौगात र सृष्टि लिभिङ टुगेदरमा छन् । उनीहरुको प्रेमलाई घर परिवारको साथ छ । सृष्टि त सौगातको घर सम्मै पुगिसकेकी छिन् ।

सम्बन्धित शीर्षकहरु

प*क्राउ परेसँगै युट्युबबाट हट्यो दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’

काठमाडौँ – गायक दुर्गेश थापालाई प्रहरीले प*क्राउ गरेसँगै उनको तिहार गीत युट्युबबाट हटाइएको छ । कानूनी......

“बिच्च बिच्चमा” गायक दुर्गेश थापा प*क्राउ

काठमाडौं – गायक दुर्गेश थापा प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट प*क्राउ गरेको......