काठमाडौँ आउंदै गरेको चार वटा हेलिकोप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण

प्रकाशित मिति: September 17, 2019 2:02 pm

काभ्रे – काठमाडौँ आउंदै गरेको ७ वटा हेलिकोप्टर बीच बाटोमै आकस्मिक अवतरण गरिएको छ ।

लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।

मौसम खराबीका कारण भिजिविलिटी कम भएपछि ति हेलीकप्टरहरु धान खेतमै अवतरण गरिएका हुन् । सिम्रिक, मनाङ र कैलाशको हेलिकप्टर पाँचखालमा अवतरण गरेको हो भने अल्टिच्यूड र एयर डाइनेष्टीको सुर्केमा अवतरण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अवतरण भएका सातवटै हेलिकोप्टरमा सवार यात्रुहरु सकुशल रहेका छन् । हेलिकोप्टरमा सवार यात्रुहरुमा अधिकांश विदेशी रहेको प्रहरीले जनाएको छ । मौसममा सुधार आउनेवित्तिकै काठमाडौं उड्ने तयारी भइरहेको छ ।

फोटोः सामाजिक सन्जाल

सम्बन्धित शीर्षकहरु

भाइटीकाको भाइमसलाः गुणस्तर हेर्ने मेसिन नभएपछि ‘तिहार बजार’ अनुगमन हुन सकेन

काठमाडौँ – मिठाई र त्यसमा प्रयोग हुने रङको परीक्षण गर्ने उपकरण नभएपछि काठमाडौं महानगरपालिकाले अहिलेसम्म......

आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्म*कैद मागदाबी

काठमाडौँ – तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम......