सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

प्रकाशित मिति: September 18, 2019 5:48 pm

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई पशुपति शर्माको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । गायक पशुपति शर्माको नै शब्द तथा संगीत रहेको उक्त गीतमा कृष्ण बि.क. भान्जाको एरेंज रहेको छ ।

गायक पशुपति शर्मा, गायिका सम्झना भण्डारी र सबिता गुरुङ्गको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायांकन गरेका हुन् । पशुपति शर्मालाई फरक शैलीमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा एक परिवारको परिवेश समावेश गरिएको छ र भागी विवाह गरेको देखाइएको छ । दुर्गा पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियोलाई नबिन घर्ति मगरले संपादन गरेका हुन् । गीतको भिडियोमा गिरमान सोहन कुमालको कोरियोग्राफी रहेको छ ।

सम्बन्धित शीर्षकहरु

बनेपामा गाडी ब्रेक फेल भएर सडकमै पल्टिँदा १८ वर्षीय युवकको ज्यान गयो

काभ्रे – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको......

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......