ब्रेकिङ न्युज

विपन्न विद्यार्थीलाई सांंसद मैनालीद्धारा आर्थिक सहयोग

प्रकाशित मिति: September 18, 2019 6:22 pm

नुवाकोट – नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सांसद मैनालीले लिखु गाउँपालिका वडा नं. ६ मा रहेको नेबुला स्कुलमा अध्यनरत छात्र छात्राालाई निशुल्क अध्यापन गराउनको लागि आफुले पाउने संसद सुविधाबाट रू पचास हजारको चेक प्रदान गरेका हुन । सांसद मैनाली उक्त चेक विद्यालय संचालक अर्जुन लामिछानेलाई हस्तान्तरण गरे ।

समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन् । लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा मैनालीले गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन ।

त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग गरेका थिए । सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आईरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......