ब्रेकिङ न्युज

सागर आलेको ‘झुमझुम’मा एलिशा र सुनिल

प्रकाशित मिति: September 19, 2019 2:14 pm

काठमाडौँ – नेपाल आइडल सिजन १ मा निकै रुचाईएका प्रतिष्पर्धी मध्यका सागर आलेको नामपनि धेरै आउने गर्छ । दर्शक र जजको अत्यधिक माया पाउदा पाउदै पनि आले ‘टप ४ ’ बाट बाहिरिए ।चितवनको नारायणगढका आले आइडलबाट बाहिरिएपनि उनको क्रेज अलिकति पनि कम भएन अझैँ बढ्यो ।

स्वदेश सहित बिदेशका बिभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त भैरहने गायक आले पछिल्लो समय युवापुस्ताको रुचिमा पर्न सफल भएका छन । नेपालभन्दा बढि बिदेशमा ब्यस्त रहने गायक आलेले जतिपनि गीत बजारमा ल्याउछन सबै उत्तिकै रुचाईएका र मन पराईएका छन । गायक आलेले भर्खरै मात्रै आधुनिक गीत ‘झुमभुम’ बजारमा ल्याएका छन ।

उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ ।गीतको म्युजिक भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......