मनिषको “बटौली”मा बिपिन कार्की

प्रकाशित मिति: September 19, 2019 3:47 pm

काठमाडौँ – “परदेशी नभन” , “तिलहरी” लगायत अन्य थुप्रै चर्चित र पृथक गीत संगीत सोर्ता दर्शक माझ प्रस्तुत गरिसकेका प्रतिभाशाली गायक मनिष ढकाल ले आफ्नो बिल्कुलै नयाँ गीत “बटौली” लिएर आएका छन ।

बटौली अर्थात बुटवल, तिनाँउ किनारको एउटा गाउँको कथा जसमा बालविवाह देखि १४ वर्ष पश्चात पुनर्मिलनको कथालाई समेटेर यो गीत र भिडियो निर्माण भएको हो । अर्ग्यानिक टेस्टको यस गीतमा स्वर मनिष ढकालको रहेको छ भने गीतका शब्द हर्क साउदले लेखेका हुन । गीतमा संगीत एस. डी योगीको रहेको छ । गीतको संगीत संयोजन भने रिकेश गुरुङले गरेका हुन ।

सिनेमेट्रोग्राफिक एफेक्टहरु केहि पनि नहालीकन बनाइएको यो भिडियोमा बिपिन कार्की , अनु काफ्ले , सुमन मगर , मनांग लावती , मनिष ढकाल , हर्क साउद , साजन सुबेदी र अन्य कलाकारको जिवन्त अभिनय देख्न सकिन्छ ।

नेपाली गाँउघरका जीवनशैलीलाई टपक्क टिपेर गीतमा कथा बनाएर ढाल्न खप्पीस नविन चौहानको निर्देशनमा बनेको यस गीतको भिडियोमा यस्ता केहि कुरा छ जुन अधिकांश नेपाली गीतका भिडियोहरुमा देख्न पाइदैन । बबिन दुलालले छायांकन गरेको भिडियोलाई सुनिल पौडेलले सम्पादन गरेका हुन । आर्टमाण्डु नेपालले निर्माण गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

सम्बन्धित शीर्षकहरु

प*क्राउ परेसँगै युट्युबबाट हट्यो दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’

काठमाडौँ – गायक दुर्गेश थापालाई प्रहरीले प*क्राउ गरेसँगै उनको तिहार गीत युट्युबबाट हटाइएको छ । कानूनी......

“बिच्च बिच्चमा” गायक दुर्गेश थापा प*क्राउ

काठमाडौं – गायक दुर्गेश थापा प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट प*क्राउ गरेको......